शरद रेग्मी
सल्यान, ८ फागुन । आज प्रजातन्त्र दिवसको अबसरमा विभिन्न सरोकार संघ सस्थाहरुले सल्यानको बिकट क्षेत्रमा एकदिने निशुल्क स्वास्थ शिबिरको आयोजना गरेका छन ।
तुलसीपुरस्थित सिटी हस्पिटलका डाक्टरहरु स्वास्थ शिबिरको आयोजना गरिएको स्थान त्रिबेणी गाउँपालिकाको बिकट क्षेत्र जनता माबिमा पुग्दा स्थानीय ८२ बर्षिय चुरामणि खत्री लाठीको सहायतामा यताउता टोलाउदै मुहारमा खुसि साटदै थियो उनलाई शिबिरमा डाक्टर आउदैछन र मेरो रोग निको हुन्छ भन्ने भित्री बिश्वास थियो ।
आफ्नो घरदेखि २ घण्टा पैदल हिडेर स्वास्थ परिक्षण गर्न आयका हुन । उनले खुसिहुदै भने म टाढाजान सक्दिन आज धेरै खुसि छु घर नजिकै डाक्टर साप आएका छन “ ।
त्रिबेणि गाउपालिकाको ब्यबस्थापन र तुलसीपुर सिटी हस्पिटल प्रालिको आयोजनामा सोमकार अस्पतालका भित्रि रोग विषेशज्ञ डाक्टर साहिल भुषाल, जनरल फिजिसियनहरु डाक्टर सुबोधकुमार शर्मा ,र डाक्टर हेमराज शर्माले शिबिरमा बिरामिहरुको स्वास्थ परिक्षण गरेका थिए ।