तुलसीपुर, ८ फागुन । तुलसीपुर उपमहानगरपालिकाले ६८ औ प्रजातन्त्र दिवस मनाएको छ । तुलसीपुरको विपि चोकमा ६८ वटा मैनवत्ति वाल्नुका साथै प्रजातन्त्र ल्याउन महत्वपूर्ण योगदान दिने शहिदको तस्विरमा माल्र्यापन गरेर मनाइएको हो ।

shid 2तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य, एमाले नेता शोभाराम वस्नेत, काँग्रेसका नेता सुरेन्द्र खड्का, माओवादी केन्द्रका शेसुराम भण्डारी, नगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्य लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले प्रजातन्त्रको संस्थागत विकासको चरण पार भएर नेपाल अर्को चरणमा आएको वताएका थिए । उपप्रमुख माया आचार्यले कठिन संघर्ष र वलिदानले प्रजातन्त्र आएको वताउँदै जनताको अधिकार रक्षाका लागि सवैले ध्यान दिनुपर्ने वताइन् । कार्यक्रमको सहजिकरण प्रवक्ता श्याम डाँगीले गरेका थिए ।