दाङ, ८ फागुन । प्रजातन्त्र दिवस मुल समारोह समिति दाङले रक्तदान गरेर यो वर्षको प्रजातन्त्र दिवसको समापन गरेको छ । समितिले तिनदिसम्म सरसफाई, प्रभातफेरि, छलफल र रक्तदान कार्यक्रम गरेको छ ।
मगलवार रेडक्रस सोसाइटी दाङको संयोजनमा रक्तदान कार्यक्रम भएको छ । रक्तदान गर्नेमा जिल्ला समन्वय समितिका सदस्य तीला बुढा, प्रेस संयोजक इन्द्र डिसी, माधव तिमेल्सना,कृष्णबहादुर खत्री, उज्ज्वल रिजाल, प्रकाश भण्डारी, अनिल कुमार डाँगी, समिर वली र देवबहादुर वलीले रक्तदान गरेका थिए ।
प्रजातन्त्र दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस दाङ शाखा प्रमुख नारायण आचार्य र ब्लड बैक दाङका प्रमुख दिलीप पौडेल लगायतले विचार राखेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका सुचना अधिकृत कृष्ण केसीले गरेका थिए । य
