उदय बीसी
दाङ, ८ फागुन । प्रदेश सभा ५ का सभामुख पूर्ण घर्ती ‘आयाम’ ले मुलुकमा गणतन्त्र स्थापना भएर संघीयता कार्यान्वयनको प्रक्रियामा अघि वढिरहेको भन्दै आफूले प्रदेश ५ मा दलित, वादी समुदायको उत्थान हुने नीति निर्माण र कानुन निर्माणमा प्रयास गर्ने बताएका छन् ।

phot 2 copyराष्ट्रिय वादी महिला अधिकार संघर्ष समितिको पाँचौं राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा उद्घाटन गर्दै घर्तीले यस्तो बताएका हुन् ।प्रमुख अतिथि घर्तीले समाज विकासको क्रममा ठूला वडाहरुले तल्लो र मथिल्लो वर्ग विभाजन गरेर समाजिक विवेध उत्पन्न गराएको उल्लेख गर्दै अब नयाँ संविधानमा समेत सबै वर्ग समुदायका अधिकार लिपिवद्ध भइसकेकाले त्यसमा अल्झना नहुने समेत बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले समाजिक विवेधको अन्त्य गरी सबै वर्ग र समुदाय समान रुपमा अगाडि वढ्ने र सबैलाई अधिकार सम्पन्न गराउने वातावरण तयार गरिनुर्ने धारणा राखे ।

ppi copyनिर्मला गुप्ता वादीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाका सदस्य दामा शर्मा, कलावली चौधरी, जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, एमाले दाङका अध्यक्ष टीकाराम खड्का, काग्रेसका जिल्ला सचिव शंकर डाँगी, माओवादी केन्द्रका संयोजक सुवास पुन, राजमोका अध्यक्ष रेशम विसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, जिल्ला बारका अध्यक्ष प्रदीप गौतम, वादी अगुवा पुष्प वादी, टेवा संस्थाका निर्मला केसी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तलगायतले आ–आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा वाढी समुदायका समस्या र चुनौतीका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्दै गोपाल नेपालीले जम्मा ३८ हजार वादी समुदायमा अहिले पनि ७५ प्रतिशत वादीहरु भोकभोकै मर्ने अवस्था रहेका जानकारी दिए । वादी समुदायमा अहिलेसम्म २५ प्रतिशतको मात्रै आफ्नो घर भएको उल्लेख गर्दै वाढी समुदायको पुर्नस्थापनाको समस्या जटिल रहेको कार्यपत्रमा समेटिएको छ । कार्यक्रम अघि जिल्ला ट्राफिक कार्यालयबाट शुरु भएको वादी महिलाहरुको ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो । सितरा वादीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जनक नेपालीले गरेका थिए ।