इन्द्रेणी संवाददाता
कापिलवस्तु, ४ माघ । सरकारले प्रदेश नम्बर पाँको अस्थायी मुकाम रुपन्देही तोकेपछि कपिलवस्तुमा पनि बिरोध भएको छ ।

bandaकपिलवस्तु युवा संर्घष समितिको अगुवाइमा बिरोध गर्दै हिजो बुधवार साझ ५ बजे बाट तीन दिन सम्म जिल्ला बन्द गर्ने निर्णय गरुेको छ ।

सरकारले प्राचिन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने समितिले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

वीरगञ्जमा प्रदर्शन र तोडफोड
प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन भएको छ । स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका हुन् । बिहीबार बिहानै बीरगञ्जका चोकमा जम्मा भएर स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । आक्रोशित आन्दोलनकारीले एउटा निजी कार तोडफोड गरेका छन् । २ नम्बर प्रदेशको अस्थायी राजधानी सरकारले जनकपुर तोकेको छ ।