इन्द्रेणी संवाददाता
दाङ ४ माघ । प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र असक्षम निर्णयको नेकपा माओवादी केन्द्र दाङले कडा प्रतिवाद गर्ने भएको छ ।

maobadikendra dang

पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षीत, समदुरी र पूर्वाधारसहित प्रयाप्त स्थान भएकाले अत्यन्तै उपयुक्त भएको भएपनि बर्तमान कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका र जनताले अबिश्वास गरेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानी जस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेपछि दाङमा आन्दोलन चर्किरहेकाबेला नेकपा माओवादी केन्द्र दाङको आकस्मिक सचिवालय बैठक बसी आन्दोलनलाई आफ्नो पार्टीको तर्फबाट थप ससक्त पार्ने निर्णय गरेको माओवादी केन्द्रका युवा नेता तथा दाङ जिल्लाका सह इन्चार्ज निर्मल आचार्यले बताए ।

माओवादी केन्द्र दाङको सचिवालयको आकस्मिक बसेको बैठकको निर्णय इन्द्रेणी अनलाइनलाई बताउदै नेता आचार्यले भने -“राज्य संघिय प्रणालीमा गैसकेपछि राजधानी जस्तो संबेदनशील कुरालाई सम्पूर्ण नागरिक लाई पाएक पर्ने स्थानमा राख्नुपर्नेमा प्रदेश नम्बर ५ का सबै स्थानका जनताको भौगोलिक सुगमताको कुरा गर्ने हो भने रुपन्देही अत्यन्त्तै अपाएक पर्ने स्थान हो त्यसैले यो गलत निर्णयको पुनरावलोकन गर्ने र पूर्ण निर्णय गर्न आन्दोलन कडा बनाउनुपर्ने देखिन्छ । “

यस्तै बैठकले आन्दोलन लाई घनिभूत र थप ससक्त बनाउन विभिन्न क्षेत्रमा आफ्ना नेतालाई आन्दोलनको नेतृत्व गर्न खटाएको छ । जस अनुसार दाङको भालुबाङ्गमा प्रदेश सभाका सदस्य इन्दजित थारु , लमहीमा नारायणी शर्मा “प्रतीक्षा “,घोराहीमा हेमराज शर्मा “डाइमण्ड ” र तुलसीपुरमा रामजी चौधरी “मिलन ” लाई खटाएको जिल्ला सहइन्चार्ज निर्मल आचार्यले जानकारी दिए ।