इन्द्रेणी संवाददाता
दाङ, २१ पुस । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता खुल्ला गरेको छ । महासंघको केन्द्रीय समितिको बैठकले महासंघको प्रदेशसभा निर्वाचन २०७४ सालभित्रै गरिने निर्णय गरेको र प्रदेशसभा निर्वाचन अगावै नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

Fnj-Dangमहासंघले योग्यता पुगेकाहरुले जिल्ला शाखाहरुमा पुस २६ गतेसम्म नयाँ सदस्यता फाराम तर्दा गरिसक्नुपर्ने छ । यस्तै नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३) को धारा २ को (ख) बमोजिम हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहे बमोजिम पुराना सदस्यहरुले पनि आफनो सदस्यता नविकरणका गर्न आग्रह गरेको छ ।