इन्द्रेणी संवाददाता
काठमाडौ २१ पुस । मन्त्रीपरिषदको आकस्मिक बैठक भर्खरै सम्पन्न भएको छ । प्रदेश सभा र प्रतिनिधि सभको सम्पन्न भइसकेपछी राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्नका लागि बसेको बैठकले आगामी माघ २४ गते निर्वाचनको मिति तोकेको छ ।
राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विधेक लामो विवाद पछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछी राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको हो ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका थिए ।











