रुकुम, २१ पुस । रुकुममा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ ।

accdentजिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुमकोटबाट पश्चिम खलंगातर्फ जाँदै गरेको ना ६च ४८५७ नंको ट्र्याक्टरले बुधबार साँझ ठक्कर दिएपछि गम्भीर घाइते भएकी हिसिलाको नेपालगञ्जस्थित कोहपुर मेडिकल कजेलमा बिहीबार साँझ उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । जिल्ला अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि घाइते बालिकालाई नेपालगञ्ज पठाइएको थियो ।