इन्द्रेणी संवाददाता
घोराही, २१ पुस । थारु कल्याकारिणीसभा दाङको आयोजनामा तथा थारु पत्रकार संघ दाङ लगायत थारु संघसस्थाहरुको सहआयोजनामा पुस २८ गते हुन लागेका माघी महोत्सव २०७४ को तयारीलाई तिव्रता दिइएको छ ।

maghiमाघी महोत्सवको कामकाजलाई सहज बनाउनका लागि शुक्रवार विहान एक कार्यक्रमविच गणतन्त्र चोकमा रहेको लौव अग्रासन साप्ताहिकको कार्यालयमा सचिवालय तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

यसैवीच शुक्रवार विहान महोत्सव मुल आयोजक सचिवालय समितिको वैठक सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा दाङका सभापति तथा महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णयाहरु ग्रिएको छ । बैठकमा माघी महोत्सवमा भाग लिन चाहने साँस्कृतिक समुहरुलाई आ–आफ्नो मघौटा नाचको लागि यही पुस २५ गतेभित्र दर्ता गरिसक्ने निर्णय गरिएको छ ।

नाच दर्ताका लागि साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मिमान चौधरीलाई जिम्मेवारी दिएको प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए । दहितका अनुुसार प्रत्येक गाउँबाट महटावा मार्फत एउटा नाचको व्यस्था गरिनुपर्ने, प्रचारप्रसारका लागि सम्वन्धित गाउँका महटावा, अघवा मार्फत प्रचारप्रसारको जिम्मेवारी दिने लगायत विषयम निर्णय गरिएको छ । यसैगरी शुक्रवार जिल्लामा रहेका थारु संघसस्थाका प्रमुखहरुसंगघ भेटघाट गर्ने निर्णय गरिएको प्रचारप्रसार समितिका संयोजक दहितले बताए ।