घोराही, २१ पुस । दाङको घोराही उपमहानगरपालिकाले ६ वटा स्थानमा जलाधार संरक्षणका लागि ड्याम निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षण अन्तरगत ६ स्थानमा ड्याम निर्माण गर्ने निर्णय गरेको हो ।

aroge talजसका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जस अन्तरगत वडा नम्बर ५ को तुईखोलामा १५ लाख, वडा नम्बर १२ को सिस्नेरीमा २५ लाख, वडा नम्बर १३ को ज्यामीरेमा ५५ लाख, वडा नम्बर १७ गुलरीयामा ४० लाख, ढिकपुरमा ४५ लाख र वडा नम्बर १८ को गिठेपानीमा २० लाख गरि २ करोड रुपैयाँ खर्च गरेर जलाशय निर्माण गर्ने निर्णय गरेको हो ।

साथै नगर कार्यपालिकाको बैठकले अन्य ४ वटा जालधार क्षेत्रको मर्मतका लागि ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । वडा नम्बर १६ को गंगटे ड्याम मर्मत तथा निर्माका लागि ३५ लाख, १७ को आरोग्य ड्याम मर्मतका लागि ५ लाख, वडा नम्बर १८ का डवरी र अम्वापुरको पाँच पाँच लाख गरि ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ ।

त्यस्तै नगरस्तरीय तथा वडास्तरीय सम्पूर्ण आयोजनाहरुको अनुगमन गरि प्रभावकारी आयोजना कार्यान्वयनमा सघाउ पु¥याउने गरि उपप्रमुख सीता न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय योजना अनुगमन तथा जांचपास समिति पनि गठन गरेको छ ।