रुपन्देही, १६ मंसिर । बुटवल उपमहानगरपालिका वडा नं. ११ मितेरी पथमा घरको पर्खाल भत्केर पाँच जना मजदूर पुरिएका छन् । पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्केको र काम गर्दै गरेका मजदुरहरु पुरिएका हुन् ।

parkhalपुरिएका मजदूरहरुको उद्धारका लागि स्थानीय बासिन्दा र डोजर लगाएर खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । पुरिएका दुईजनालाई उद्धार गरी उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने अन्यको खोजी कार्य भइरहेको छ ।