चन्द्र खड्का
दोलखा, १६ मंसिर । दोलखाको बैत्यस्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा एक युवक खुकुरी प्रहारवाट गम्भिर घाइते भएका छन् । शुक्रवार राति मिर्गेको पाईलेमा भएको विवाद पछि खुकुरी प्रहार हुँदा मिर्गेको भुमेथान घर भएका ३० बर्षिय सुनकुमार तामाङ गम्भिर घाइते भएका हुन् ।

ghaite copyबैत्यस्वर गाउँपालिका वडा नम्बर २ माझगाउँ सानिटार निवासी पदम तामाङ र उनका छोराले खुकुरी प्रहार गर्दा सुनकुमार गम्भिर घाइते भएका हुन् । घाईते तामाङको अनुहार, हात र डाढमा खुकुरीको गहिरो चोट छ ।

आफु माथि प्रहार गरिएको खुकुरीलाई छेक्ने क्रममा सुनकुमारको हातको औंला र च्यापु समेत काटिएको छ ।  राति नैं घटनास्थलवाट उद्धार गरी ल्याईएका घाईते सुनकुमारको चरिकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज विहान काठमाण्डौं रिफर गरिएको छ ।

घटनामा संलग्न पदम तामाङ र उनको छोरालाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दोलखा ल्याउंदै गरेको डिएपी रामेश्वोर कार्कीले बताए ।