दाङ, १६ मंसिर । मंसिर २१ गते दाङमा पनि दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उप–प्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा उम्मेदवार छन् । उनी दश वर्षे जनयुद्धका प्रमुख अभियन्ता हुन् ।
युद्धमा उनले आफ्ना विभिन्न मोर्चाहरुलाई कुशलतापूर्वक निर्वाह गरे । उनी नेपालमा शान्तिप्रकृया शुरु गर्न तत्कालिन विद्रोहि नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुख वार्ताकार हुन् । महरा भद्र, शालिन सबैका कुरा सुन्न सक्ने क्षमता भएका नेता भएकाले त्यतिबेला पार्टी अध्यक्ष प्रचण्डले वार्ताको प्रमुख जिम्मेवारी दिएका थिए ।
महरा संविधान निर्माणमा पनि निकै मेहनतका साथ लागे । उनलाई राम्रो अन्तरराष्ट्रिय छवि भएका नेताका रुपमा चिनिन्छ । नेपालमा केही नेताहरु भारतमुखी र केही चीन मुखी भएको आरोप लाग्ने गर्छ । तर, महरा यस्तो पात्र हुन् जो दुबै देशसँग समदूरीको सम्बन्ध राख्न सफल भएका छन् ।
महरा परराष्ट्रमन्त्री हुँदा नेपालले अन्तरराष्ट्रिय समुदायमा आफ्नो राम्रो छवि प्रस्तुत गर्न सफल भएको थियो । महरा दाङमा हालसम्म सबैभन्दा बढी बजेट विनियोजन गर्ने नेताको रुपमा प्रस्तुत भएका छन् । उनले आफू अर्थमन्त्री हुँदा दाङलाई पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
त्यो भन्दा पहिले दाङमा वार्षिक करिब १५ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुन्थ्यो । उनले दाङका लागि गरेका विभिन्न ४१ कारण हामीले यहाँ प्रस्तुत गरेका छौं ।
यस्ता छन् ४१ आधारहरु
१ तत्कालीन महेन्द्र अस्पताल दाङलाई राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना ।
२ घोराहीमा सिटी हल निर्माणका लागि बजेट विनियोजन– २६ करोड ७७ लाख
३ राप्ती उपक्षेत्रीय अस्पताल भवन निर्माणका लागि बजेट विनियोजन २४ करोड २८ लाख
४ घोराही–मुर्कुटी–प्यूठान सडक स्तरोन्नति तथा कालोपत्रेका लागि बजेट विनियोजन– २८ करोड
५ घोराही–मसिना–स्यूजा–स्वर्गद्वारी सडक निर्माणका लागि बजेट विनियोजन– १ करोड ४ लाख
६ घोराही–क्याम्पसरोड पूर्व–मानवकल्याण टोल–रानीजरुवा–कटुवाखोला सडक कालोपत्रे– ५४ लाख २० हजार
७ श्रीगाउँ–जखेरा ताल सडक कालोपत्रे – १ करोड ४ लाख
८ झिंगौरा–रतनपुरचोक–तुलसीपुर–घोराही राजमार्ग हुँदै रातामाटा बाँसबोट–होलेरी सडक कालोपत्रे ५४ लाख २० हजार
९ गैरागाउँ–क्वाडी हुँदै पचुर्खा सडक कालोपत्रे –५४ लाख २० हजार
१० लमही–घोराही–तुलसीपुर सडक बिस्तार
११ बेलझुण्डी–मानपुर जमुनी हुँदै टरिगाउँ एयरपोर्ट जोड्ने सडक कालोपत्रे– ५८ लाख
१२ खैरा–कोठरी–मलवार–गरगरिया गाउँ सडक निर्माण– ५८ लाख
१३ बिजौरी–दोघरे–बाँसगढी–ढोडनी सडक – ५८ लाख
१४ घोराही बजार शहरी सडक कालोपत्रे– ५ करोड ८ लाख
१५ तुलसीपुर शहरी सडक कालोपत्रे – ३ करोड ४ लाख
१६ नारायणपुर प्रहरी चौकी–चरबगिया–पतेनी–बिजौरी–होलेरी सडक निर्माण – १ करोड ८ लाख
१७ घोराही–चैते सडक ९विपी मार्ग० – १ करोड ४ लाख
१८ घोराही–हापुर–रक्षाचौर आँखा अस्पताल खण्डको बटोलपुर–साहीपुर–सुनडबरी सडकखण्डको स्तरोन्नति – १ करोड ४ लाख
१९ गोबरडिहा–जंगलकुटी सडक कालोपत्रे – ५४ लाख २० हजार
२० देउखुरी साविक सिसहनिया–३ देखि पश्चिम सोनपुर सडक कालोपत्रे – ५४ लाख २० हजार
२१ साविक घोराही–११ रानीजरुवा कटुवाखोला सडक कालोपत्रे – ५४ लाख २० हजार
२२ पुरन्धारा बगारपुर–गङ्गटे सडक कालोपत्रे – ५४ लाख २० हजार
२३ घोराही बसपार्क–बिजौरी–हलवार सडक – ५४ लाख २० हजार
२४ बैबाङ–पोटली हुँदै मखनटाकुरी सडक – ५८ लाख
२५ सिसहनिया–करंगे–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक – ५८ लाख
२६ गोग्ली–लक्ष्मीपुर सडक – ५४ लाख २० हजार
२७ बेलभार–भैंसाही–बर्गद्धी–ओखरा–ढिकपुर सडक कालोपत्रे – ५ करोड
२८ अद्वैत संस्था पश्चिम–गोर्खा अस्पताल पूर्व शान्तिनगर टोल सडक कालोपत्रे – ४ करोड
२९ घोराही–मसिना–सैघा हुँदै प्यूठान जोड्ने सडक – १ करोड
३० दाङ दुईखोली–रोल्पा मसिना–धौलाबाङ–लिबाङ सडक – १ करोड
३१ तुल्सीपुर बाहिनीचोक–एयरपोर्ट सडक कालोपत्रे – ५४ लाख २० हजार
३२ शिवमन्दिरचोक–घोराही हुँदै बालापुर सडक – ३ करोड ४२ लाख
३३ घोराही–हरिद्वार–बर्गद्धी सडक – ५४ लाख २० हजार
३४ सतबरिया–बनघुस्री–राप्ती नदी सडक – ५४ लाख २० हजार
३५ गोग्ली–लक्ष्मीपुर सडक – ५४ लाख २० हजार
३६ अम्बापुर–घोरदौरा सडक – ५४ लाख २० हजार
३७ तुल्सीपुर रानीघाट–बनहरी सडक – ५४ लाख २० हजार
३८ चौघेरा–डबरी सडक – १ करोड ४ लाख
३९ घोराही–धारपानी सडक कालोपत्रे– १ करोड ८ लाख
४० घोराही–फुर्सेखाली–हात्तीखर्क सडक – १ करोड ८ लाख
४१ मौरीघाट पुरानो रिङरोड देउखुरी सडक – १ करोड ४ लाख
