शरद रेग्मी
दाङ, १६ मसिर । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सात प्रदेशका १४ जिल्लालाई सूुचना प्रविधिको पहुच बढाउन डिजिटल भिजेज बनाउने बताएका छन् । त्यसमा दाङ पनि परेको बताएका छन् । त्यसका लागि जिल्लाका सामुदायिक विद्यालयहरुमा निःशुल्क कम्प्युटर र इन्टरनेट सेवा समेत सन्चालन हुने उनले बताए ।
‘हामी सुचना प्रविधिमार्फत मु्लुकलाई जोड्न चाहन्छौं, त्यसैले सामुदायिक विद्यालयहरुबाट यो अभियान सुरु भैसकेको छ’—रिपोटर्श क्लव नेपाल प्रदेश नं. ५ ले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बस्नेतले भने ।
त्यसैगरी उनले लोकतन्त्रलाइ बलियो बनाउन सञ्चारकर्र्मीरु सवल बन्नुपर्ने भन्दै सञ्चारकर्मीहरुलाई इन्टरनेट सेवाका लागि ६० प्रतिसत छुट दिने पनि बताए । ‘लोकतन्त्रलाई संहाल्ने मिडियाहरु हुन्, त्यसैले हामीहरु मिडियाको विकाशप्रति गम्भीर र्छौ’— उनले भने ।
