पाण्डव शर्मा
घोराही, १६ मंसिर। उप(प्रधानमन्त्री एवम् दाङ क्षेत्र नं का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार कृष्णबहादुर महराले चुनाव लत्तै मुलुक समृद्विको बाटोमा लाग्ने बताएका छन् ।

mahara sirनेवार समाज घोराहीले आज शनिवार विहान घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महराले निर्वाचन पछि बन्ने वापन्थी सरकारले मुलुकको नयाँ गोरेटो कोर्ने बताए । महराले आफ्नो र शंकर पोख्रेलको मुख्य एजेण्डा दाङ राजधानी भएकाले निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गरे।

शंकर पोख्रेल र आफ्नो विजयले मात्रै दाङ राजधानी सुनिश्चित गर्ने उनले ठोकुवा गरे । दाङ राजधानी र समृद्वि चाहने सबैले यश पटक वाम गठबन्धका उम्मेदवारलाई मतदान गर्ने उल्लेख गर्दै महराले काङ्ग्रेसको नेतृत्वसँग विकासको कुनै भिजन नभएको बताए । उनले काङ्ग्रेस भित्रका ईमान्दार नेता तथा कार्यकर्ताले आफूलाई मतदान गर्ने बताए ।