देउखुरी, ११ मंसिर । यही मंसिर २१ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. १ मा वाम गठवन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टिले समर्थन जनाएको छ ।

वामपन्थि गठवन्धन संयुक्त निर्वाचन परिचालन कमिटि निर्वाचन क्षेत्र नं. १ का संयोजक शुरामणी वेल्वासे र राप्रपा क्षेत्र नं. १ का अध्यक्ष विनोद कुमार केसीले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै वामपन्थि गठवन्धन र राप्रपा क्षेत्र नं. १ विच भएको संयुक्त वैठकको निर्णय सार्वजनिक गर्नु भएको हो ।
राप्रपाले क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा उम्मेदवार उठाएको छैन् । समानुपातीक तर्फ मात्रै राप्रपाले उम्मेदवार उठाएको छ । सोमवार वामपन्थि गठवन्धन र राप्रपा क्षेत्र नं. १ को लमहीमा वसेको संयुक्त वैठकले आगाामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपाले प्रत्यक्ष तर्फ वामपन्थि गठवन्धनका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ ।










