दाङ, ११ मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पाँचनम्वर प्रदेशका मुख्यमन्त्रीका उम्मेदवार शंकर पोख्रेलले मौलाकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने बताउनभएको छ ।
सोमबार दाङ जिल्लाको मौलाकोटमा आयोजित कार्यक्रममा दाङ जिल्लाको रमणीय स्थल मौलाकोटलाई पर्यटको गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको बताउँदै पोख्रेलले भन्नुभयो, ‘मौलिकोटलाई पर्यटकीय गन्तव्य बनाउँछौं । बराह र मौलाकोट सडकलाई सहज बनाउँछौं । यस क्षेत्रको कृषि उत्पादन अदुवा, बेसारलगायतका उत्पादनको बिक्रीलाई सहज बनाउने योजना छ ।’
नेता पोख्रेलले मौलाकोटको समग्र विकासका लागि विद्युतीकरण पहिलो सर्त भएकोमा जोड दिनुभयो । उहाँले बाम गठबन्धन चुनावी तालमेल मात्र नभई समग्र मुलुकको समृद्धिका लागि भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार सुजिता शाक्य, माओवादी केन्द प्रतिनिधि क्षेत्रनम्वर २ प्रदेश उम्मेदवार दिलसरी बुढाले मन्तव्य दिनुभएको थियो ।