पाण्डव शर्मा
लमही, ११ मंसिर । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त वाम गठबन्धनको आयोजनामा गढवामा विशाल सभा शुरु भएको छ ।

lamahai3सभालाई संवोधन गर्न उप–प्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा र एमाले स्थायी समिति सदस्य शंकर पोखरेल लमही पुगेका छन् ।
गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ मा एमाले नेता मेटमणी चौधरी, प्रदेश सभा १ (१) मा इन्द्रजित चौधरी र १ (२) मा एमाले नेता रेवतीरमण शर्मा उम्मेदवार छन् ।

कार्यक्रममा राष्ट्रिय कलाकार कमल गाउलेले आफ्नो प्रस्तुति देखाइरहेका छन् । सभामा विभिन्न क्षेत्रका हजारौं जनता सहभागी छन् । कार्यक्रममा स्थानीय भाषा संस्कृतिका सांस्कृति कार्यक्रमहरु प्रस्तुत भइरहेका छन् ।