इन्द्रेणी संवाददाता
दाङ, ११ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि दाङ आउने भएका छन् । नेपाली कांग्रेस दाङले तुलसीपुरमा आयोजन गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न देउवा दाङ आउन लागेका हुन् ।

sher bdr deuba 1यसैबीच तुलसीपुरमा हुने आमसभामा सहभागी भइदिन नेपाली काग्रेस दाङले सबै कार्यकर्ताहरुलाई आग्रह गरेको छ । पार्टी सभापति कृतिबहादुर खड्का र सचिव शंकर डाँगीले आज एक विज्ञप्ति जारी गरी दिउँसो १ बजे अरनिको मैदानमा हुने कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेका छन् ।