घोराही,१० मंसिर । अमेरिका निवासी मधुकर रजौरे र रुवी रजौरेले आफनी छोरी मलिषा रजौरेको जन्मदिनका अवसरमा जेष्ठ नागरिकहरुलाई व्लाङकेट सहयोग गरेका छन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका हलवार जीतपुर घर भै हाल अमेरिकाको मिसिगनमा बसोवास गर्दै आउनुभएका रजौरे परिवारले आफनी छोरी मलिषाको पाँचौ जन्मदिनका अवसरमा घोराही उपमहानगरपालिका–१६ तेरौटे स्थीत रहेको जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धआश्रममा बसोवास गर्ने वृद्धवृद्धाहरुलाई २० थान व्लाङकेट सहयोग गरेका हुन् ।
उक्त व्लाङकेट मलिषाका फुपुहरु रिता खनाल र गमला धितालले वृद्धवृद्धाहरुलाई प्रदान गरेका थिए । जेष्ठ नागरिक सरोकार केन्द्र सञ्चालक समितिका अध्यक्ष भुपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन समितिका बरिष्ठ उपाध्यक्ष माधव लोहनी,सल्लाहकार भोलानाथ योगी,कोषाध्यक्ष भिमलाल श्रेष्ठ,सदस्य रूपा वली, भवानीराज भण्डारीलगायतको बोलेका थिए ।