इन्द्रेणी संवाददाता
रुकुम, १० मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पूर्वी रुकुममा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज भएको मतदानमा मतदाताहरु उत्साहपूर्वक सहभागी भएका थिए । विहानै ७ बजेदेखि यहाँका मतदान केन्द्रहरुमा मदतादाहरुको लामवद्ध भएका थिए ।
विगतका संविधान सभा र स्थानीय चुनावमा माओवादी केन्द्रले वियजी गर्दै आएको उक्त जिल्लामा यसपटक पनि माओवादी केन्द्रले नै वाजी मार्ने देखिएको छ । दश वर्षीय जनयुद्धको उद्गम स्थलको रुपमा चिनिने रुकुममा अहिले पनि माओवादी नै वलियो अखडा मानिन्छ । यसपटक झनै बाम गठबन्धन भएकाले यस गठबन्धनका उम्मेदवार विजयी हुने करीव करीव निश्चित भएको छ ।










