इन्द्रेणी संवाददाता
रोल्पा, १० मंसिर । आज सम्पन्न पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा रोल्पामा ५२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५२ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।
तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेको हो । रोल्पामा जम्मा १ लाख २७ हजार ६ सय २९ रहेकोमा झन्डै ६६ हजार मत खसेको अनुमान गरिएको छ ।










