जाजरकोट, १० मंसिर। जाजरकोटको कुशे गाउँपालिका ८, अवलरिजा मतदान केन्द्र नजिकै बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच झडप भएको छ । झडपमा एक दर्जनवढी घाइते भएका छन् ।
झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाइते भएका छन् । घाइतेमध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुटा भाँचिएको छ ।
झडपमा परेका मदन लगायत ४ ५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताए । घाइतेको उद्धार हुन सकेको छैन । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाइतेको अवस्था गम्भीर छ ।
रहेको उनले बताए ।
समयमा उद्धार नभए घाईतेको ज्यान जाने खतरा बढेको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताए । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनको आरोप छ । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएने उनको भनाई छ ।
उक्त मतदान केन्द्रमा हालसम्म २० २५ जना बाहेकले मतदान नगरेको उनले बताए ।
गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अपहरण मुक्त हुन सकेका छैनन् ।