काठमाडौं, ९ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताएका छन ।
एमाले र नेकपा माओवादी केन्द्रको झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचना अनुसार तीन तहमा जनतालाई सहुलियत र सुविधा उपलब्ध गराउने बताए ।
उद्योग धन्दा धरासायी भएकाले बेरोजगारी समस्या भएको र युवा जनशक्ति विदेशिन बाध्य रहेको अवस्थामा देशमा विभिन्न उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे ।










