मंसिर ९, भरतपुर। अाफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालकाे निधनकाे वियाेगमा रहनुभएका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि अाफ्नाे चुनावी अभियान सुचारु गर्नुभएकाे छ।
received_1547707381943314शनिबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवं चितवनकाे प्रतिष्ठित बखान सहकारीका अध्यक्ष माेहनसिंह लामा लगायत डेढ सय कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भयाे।

received_1547707358609983

शनिबार बिहान नै अध्यक्ष प्रचण्डले भरतपुर-२६ काे ज्याेतिनगरमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्नुभयाे।

received_1547707385276647

ज्याेतिनगरकाे सभालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “याे क्षेत्रमा कांग्रेसकाे उम्मेद्वार छैन। तपाईहरु बिपीलाई सम्मान गर्नुहुन्छ भने समाजवादका लागि सङ्घर्ष गर्ने प्रचण्डलाई भाेट दिनु पर्छ।

received_1547707365276649शान्ति प्रक्रियाका २ हस्ताक्षरमध्ये म जीवित छु। तपाईहरुले गीरिजा बाबू र शान्ति प्रक्रियालाई सम्मान गर्नुहुन्छ भने मलाई भाेट दिनुपर्छ। गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लाेकतन्त्रकाे हित हुँदैन।”

received_1547707371943315

शनिबार दिनभर अध्यक्ष प्रचण्डले भरतपुर-२६ का विभिन्न टाेलमा घरदैलाे गर्नुभयाे। अभियानकाे क्रममा मतदाताले प्रचण्डलाई पुष्पगुच्छाले स्वागत गरेका थिए। पुत्रवियाेगमा रहेका कारण अध्यक्ष प्रचण्डले माला र खादा भने लगाउनु भएन।

received_1547707375276648