दाङ, ८ मंसिर । आगमी मंसीर २१ गते हुने निर्वाचनकालागि कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उमेद्वारहरु आफ्नो अपिलका साथमा घरदैलो गरिरहेको छन् ।
यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा १ का उमेद्वार कमलकिशोर घिमीरे र प्रदेश सभा २ का उमेद्वार भरतबहादुर न्यौपाने मतदाताहरुसँगको अपील सहित घरदैलोमा रहेका छन् ।
‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अधियान’ भन्ने मूल नाराका साथ कांग्रेसकालागि मत माग्न उमेद्वारहरु घर, टोल र गाँउमा पुग्ने बताए । उमेद्वारहरुसँगै नेता एवं कार्यकर्ताहरुले घरदैलो गरिरहेको यस क्षेत्रका प्रचारप्रसार संयोजक भुपबहादुर डाँगीले जानकारी दिए ।
अपीलमा २०७० सालको निर्वाचनमा यस जिल्लाका मतदाताहरुले दाङका सबै क्षेत्रबाट नेपाली कांग्रेसका उमेद्वारहरुलाई संविधान निर्माण गर्ने जिम्मेवारीका साथ जिताएर पठाएकोमा त्यो जिम्मेवारी पुरा गरेर अब फेरी गाँउघर, शहर, जिल्ला, प्रदेश र राष्ट्रको उन्नतिका लागि काम गर्ने उद्धेश्यकासाथ मत मागन आएकाले विजयी बनाउन अनुरोध गरिएको छ ।










