काठमाडौं, ८ मंसिर । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणमा निर्वाचन अन्तर्गत ३२ जिल्लामा बिहिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । दल,उम्मेदवार, कार्यकर्ता, मतदाता सञ्चारमाध्यम लगायत कुनै व्यक्ति या संस्थाहरुले गएराती १२ बजेदेखि चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न पाउँदैनन् ।

Election-Commissionमौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा २५ हजार रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाएको छ ।

मतदान नसकिएसम्म के के गर्न पाइँदैन
– यो समयमा चुनावी प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाइन्न । मतदातालाई कुनै पनि माध्यमबाट मत माग्न पाइन्न् । मत माग्ने उदेश्य राखेर अन्य क्रियाकलाप पनि गर्न पाइन्न । यस्तै एसएमएस, फेसबुक,ट्वीटर, भाइवर, इन्टाग्राम लगायतका सामाजिक सञ्जालबाट पनि भोट माग्न या दलको प्रचार प्रसार गर्न पाइन्न । मौन अवधि सुरु हुन भन्दा अघि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका सबै प्रचार सामग्री ९तुल,व्यानर,झन्डा० आदि हटाउनुपर्छ । कुनै पनि दलको चुनाव चिन्ह अंकित टोपी, टिसर्ट लगायतका कपडा पनि लगाउन पाइदैन् ।