दिपक बोहरा
तुलसीपुर ८ मंसिर । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’ले मुलुकलाई मार्गदर्शन गर्ने निर्बाचन भएको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १२ का बिभिन्न वडामा भएका चुनाबी सभालाई सम्बोधन गर्दै अपारले अहिलेको निर्बाचन सामान्य निर्बाचन नभई मुलुकलाई मार्गदर्शन गर्ने चुनाब भएको भन्दै मुलुकलाई कस्तो मार्गमा लैजाने भन्ने बिषयमा मतदाताले फैसला गर्नुपर्ने बताए ।
‘ देश कता लैजाने भन्ने मतदाताको हातमा छ ’ उनले भने ‘ सोँच, बिचार गरेर मात्रै मतदान गर्नुहोला ।’ अहिले बामपन्थि शक्तिहरु समाजबाद निर्माण गर्न गठबन्धन गरेको भन्दै बामपन्थिलाई बिजय बनाए ५ बर्षमै मुलुकलाई बिकसित र सम्बृद्धि बनाउने प्रतिबद्धता जनाए ।
बिगत लामो समय सम्म काग्रेसले सरकार चलाएको भएपनि मुलुकमा समृद्धि आउन नसकेको भन्दै अब कम्युनिष्टले ५ बर्ष मात्रै सरकार चलाए मुलुकलाई सम्बृद्ध बनाएरै देखाउने ठोकुवा गरे ।‘काग्रेस पटक पटक सरकारमा बस्यो, तर मुलुकले निकास पाउन सकेन ’ उनले भने ‘ अब कम्युनिष्टलाई एकलौटी सरकार चलाउन दिनुस, हामी ५ बर्षमा सम्बृद्ध बनाएर देखाउछौं ।’










