घोराही, १ मंसिर । वाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले कांग्रेसको भफुटटा आस्वासन र भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरे । प्रतिस्पर्धीलाई खराब देखाएर आफू राम्रो देखिन खोज्ने संस्कारमा कांग्रेस हुर्किएको भन्दै महराले सचेत रहन मतदाताहरुलाई आग्रह गरे ।

eeeघोराही उपमहानगरपालिका ६ चैनपुरमा र ढिकपुरको एकलघरुवामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहनुभएका महराले बाम गठबन्धनबाट बन्ने अबको सरकार दिगो र संबृद्धिको मार्गलाई केन्द्रमा राखेर अघि बढ्ने भन्दै कांग्रेसको भ्रममा नपर्न आग्रह गरे ।

बाम गठबन्धनलाई अप्राकृतिक र अधिनायकबाद देख्ने कांग्रेसले आफुलाई नसुधारले अस्तित्व सकिदै जाने चेतावनी खिए । चुनावी तालमेलमा मात्रै बाम गठबन्धन सिमित नहुने भन्दै उनले चुनाव पछि एउटै कम्युनिष्ट पार्टी बन्ने समेत ठोकुवा गरे ।