घोराही, १ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थिर सरकारले मात्रै नागरिकलाई अधिकार सम्पन्न र देशलाई संमृद्धिको मार्गमा लग्न सक्ने बताए ।
एक बर्ष नटिक्ने सरकार कै विकास निर्माणको काम अलपत्र पर्ने गरेको भन्दै उनले बहुमतको स्थिर सरकार अहिलेको आबस्यकता बनेको बताए ।

yubrajसंयुक्त बाम गठबन्धनले ढिकपुरको एकलघरुवामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले अब कम्युनिष्टहरुले नेतृत्व गर्ने सरकार बन्ने भन्दै मतदाताहरुलाई बाम गठबन्धनका उम्मेदवारको बिजय शुनिश्चित गराउन आग्रह गरे ।

व्यक्ति र पार्टीको जितहार भन्दा पनि कम्युनिष्ट र देशकै जितहारको सवाल खडा भएको भन्दै उपाध्यक्ष ज्ञवालीले जनताहरुलाई बिचार गरेर मात्रै भोटको शुनिश्चित गर्न सुझाब दिए । संघ र प्रदेशसभाको निर्बाचन राष्ट्रियता र जनताको अधिकार संस्थागत गर्ने कडि भएको समेत स्पष्ट पारे ।