दाङ, १ मंसिर । देशमा शान्ति, दिगो विकास र आर्थिक समृद्धिको लागि नेपाली काग्रेसले निर्वाचन जित्न आवश्यक भएको कांग्रेस नेताहरुले बताएका छन् ।
दाङ क्षेत्र नं. २ को चुनावी प्रचार प्रसारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ७ अर्थात साविक सौडियार गाविसका विभिन्न स्थानमा आयोजना गरेको सभाहरुमा बोल्ने कांग्रेसका नेताहरुले कांग्रेसले जितेमात्र शान्ति, दिगो विकास र आर्थिक समृद्धि हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएमा देशमा शान्ति कायम हुने दावी गरे ।
शान्ति भएपछि दियो विकास हुने एवं दिगोविकास भएमा मात्र आर्थिक समृद्धि आउने बताए । जिल्ला सचिव शंकरप्रसाद डाँगीले देशको समृद्धि र विकासकालागि कांग्रेसको विकल्प नभएको बताए ।
पूर्वजिल्ला सभापति विरकेशरी गौतमले नेपाली काग्रेसको आर्थिक उदारवादी नितीकै कारण नेपालमा विकास भएको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले दाङको विकासको नेतृत्व काग्रेसले गरेको बताए । विकट ग्रामीण क्षेत्रसम्म नेपाली काग्रेसकै पहलमा सडक, विद्युत, शिक्षा,स्वास्थ्यलगायत कृषिको विकास लागि सिचाईको व्यवस्था काग्रेसले गरेको बताएका छन ।
