तुलसीपुर, १ मंसिर । तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाका रुपमा सम्मानित भएको छ । काठमाडौमा भएको विशेष कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले सम्मान ग्रहण गरेका हुन् ।
अनलाइनका माध्यमबाट व्यक्तिगत घटना दर्ताको काम प्रभावकारी ढँगले गरेका कारण केन्द्रीय पञ्जीकरण विभागले तेश्रो वार्षिकोत्सवका अवसरमा सम्मान गरेको नगर प्रमुख घनश्याम पाण्डेले वताए ।
उनले सम्पुर्ण वडामा घटना दर्ताको अभियान पुर्याउनका लागि इन्टरनेटको पहुँच नपुग्ने ठाउँमा पनि प्रयास गरिरहेको वताए । नगर प्रमुख पाण्डेका अनुसार अनलाईन प्रणालीको विस्तार, बैंकि∙ प्रणालीको अवलम्वन गरे वाफत सम्मान गरिएको हो ।
तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले सुचना प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई सहजता प्रदान गर्दै आएको छ ।











