चितवन, १ मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसाको भरमा चुनाव जित्नना खोज्नु दिवा सपनामा मात्रै हुने बताएका छन् ।
चितवन क्षेत्र नं ३ को गीतानगरमा आज चुनावी सभामा सम्वोधन गर्दै उनले किही तत्व अहिले चुनावमा पैसा ओइर्यानेमा लागेको बनाउदै यस्तो कार्य विकृतिजन्य भएको बताए । उनले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको समेत बताए ।
अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा नयाँ भएको र संविधानको कार्यान्वयन गर्ने बाटोमा लागेकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गरेका छन ।
बिपी र गिरिजाप्रसाद कोइरालाको सपना काँग्रेसले पुरा गर्न नसक्ने बरू आफूले नै पूरा गरिदिने भन्दै उनले काँग्रेस गणतन्त्र विरोधी गतिविधिमा लागेको बताए ।
