गणेश ओली
रुकुम (पूर्व) १ मंसिर । चुनाव नजिकिदै गर्दा नेताहरुले चुनावी माहोल आफ्नो पक्षमा पार्न विभिन्न तरिका आपनाउने गरेका छन् । पूर्वी रुकुम वामगठबन्धनका तर्फवाट प्रदेश सभा सदस्य क्षेत्र नं. २ का प्रत्यक्ष तर्फका उम्मेद्वार पूर्ण घर्तीले पनि घरदैलो, चुनावी सभादेखि गाउँमा पर्ने मेलापर्व र कार्यक्रममा जनतासँग सँगसँगै नाच्दै गाउँदै र भोट भाग्दै गरिरहेका छन् ।

23634412_860877964093254_1545898455_o (1)जनयुद्ध अघि होस वा जनयुद्धको समयमा गाउँगाउँमा सांस्कृतिक कार्यक्रम गरेर जनवादी कलाकारको परिचय बनाएका घर्तीलाई भोट माग्न जाँदा जनताले नाच्न गाउन आग्रह गरेपछि उनी जनतासँगै गीत गाउँदै र नाच्दै भोट माग्ने गरेका छन् । घर्ती सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक र सामना सांस्कृतिक परिवारको संयोजक समेत भइसकेका छन् ।

“जनताले युद्धकालमा जनवादी गीत र नृत्य मार्फत आफुहरुलाई युद्धमा लाग्न प्रेरित गरेको संस्मरण गर्दै पुनः गीत गाउँन र नाच्न आग्रह गरे, उनीसँगै चुनावी प्रचारमा हिडेका माओवादी नेता धु्रवविक्रम ओलीले भने, “उहाँ जनतासँगै विभिन्न गाउँमा सभा, घरदैलो र नाच गान गरेर भोट माग्दै हिड्नुभएको छ ।” युद्धकालमा घर्तीका गीत गाउँगाउँमा खुव चर्चित हुने गर्दथे । उहाँका गीतको उत्प्रेरणले नै रुकुममा धेरै युवाहरु माओवादी जनयुद्धमा गोलबन्द हुनुका साथै धेरै वावुआमाले छोराछोरी युद्धमा पठाउन सहमत भएका थिए ।

जनताका दुख पीडा, गाउँगाउँमा हुने प्रहरी दमन, विश्व कम्युनिष्ट आन्दोलन तथा जनयुद्धका विषयलाई लिएर घर्तीले रचेका गीत र उनको सांस्कृतिक समूहको रुकुम रोल्पामा खुव प्रसंसा हुने गर्दथ्यो । २०४७ देखि २०५२ सम्म केन्द्रिय सांस्कृतिक टोली सामनामा परिवारमा र जनसांस्कृतिक संघको केन्द्रिय नेतृत्वमा रहि विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमीका निर्वाह गरेका घर्तीका तत्कालिन सरकारवाट रोल्पामा रोमियो अप्रेसनको क्रममा “ढल्दैन त्यो वन्दुगले ………….”, जनयुद्धको क्रममा “एकै रातमा धर्ति हल्लियो…………….”, “यात्रा हाम्रो लामो छ…………..” , “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन………..” लगाएत दर्जनौ चर्चित गीत संगितहरु रहेका छन् ।

23561377_861458977368486_2637805916346606941_nयसैगरी घर्ती रुकुमको पहिलो जनसरकार प्रमुख पनि हुन । उनले युद्धकालमा प्रमुख भएर गरेका विकास निर्माण, न्याए, प्रशासन जस्ता कामको प्रसंसा गर्दै जनताले प्रदेशमा मन्त्री भएर इमान्दारितापूर्वक जनताको सेवामा लाग्न पनि माग गरेका छन् । घर्ती रुकुममा स्वच्छ छवि भएका र इमान्दार नेताको रुपमा परिचय बनाएका छन् ।

पूर्वी रुकुममा आउँदो मंसिर १० गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ । घर्तीको क्षेत्रमा नेपाली काङग्रेसवाट दत्तबहादुर वस्नेत मात्र प्रतिष्पर्धी छन । सो क्षेत्रमा निर्वाचन परिचालनको लागि एमाले र माओवादीका तर्फवाट साझा प्रचार प्रसार टिम बनाएर विभिन्न शैलीमा प्रचार गरिरहेको एमाले नेता टोपबहादुर ओलीले जानकारी दिए । सो क्षेत्रमा एमालेका केन्द्रिय सदस्य खेममान खड्का, बरिष्ठ एवं पुराना नेता नन्दलाल शर्मा, जिल्लाका अगुवा नेताहारु टोपबहादुर वली र देवी ओली, माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व आपुर्ति मन्त्री गणेशमान पुन लगाएत पनि घर्तीको प्रचारमा सँगसँगै खटिएका छन् ।