रोल्पा, ३० कार्तिक । सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पामा सुतली बम विष्फोट गराइएको छ ।

Bomb-Bisphot

फोटो : माधव वली

सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा पहिचान हुन नसकेको समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको हो । विष्फोटबाट कुनै क्षति भने भएको छैन । उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।