लमजुङ, ३० कार्तिक । आगामी मंसिर ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहदा एमालेका अध्यक्ष केपी ओलीले चुनावपछि मात्रै पार्टी एकता हुने बताएका छन् ।

kp_oli_‘चुनावका कारण पार्टी एकता गर्ने समय भएन,’ ओलीले भने,‘चुनावपछि पार्टी एकता हुने कुरामा माओवादी अध्यक्ष प्रचण्ड र हामीबीच सहमति भएको छ’ । ओलीले अघि भने,‘चुनावपछि बहुमतको कम्युनिष्ट सरकार बन्ने निश्चित छ ।’ बुधवार लमजुङको बेशिसहरमा वाम गठबन्धनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् ।

ओलीले कांग्रेसलाई लोकतन्त्रवादी नभई लुटतन्त्रवादी भएको आरोप लगाए । कांग्रेस लामो समयसम्म सत्तामा रहेपनि विकासको काममा सिन्कोसमेत नभाचेको आरोप लगाए ।

ओलीले अहिलेको सरकार काम चलाउ सरकार भएकोले यो सरकारलाई चुनाव सम्पन्न गर्ने अधिकार बाहेक अरु केहि अधिकार नभएको बताए । उनले भ्रष्टाचारमा लिप्त सरकारले कमिशन नपाएपछि वुढीगण्डकी आयोजना खारेज गरेको समेत आरोप लगाए । नयाँ पत्रिकाबाट