देउखुरी, २५ कात्तिक । चुनावी प्रचार अभियानमा गाउँ पुगेका वाम गठवन्धनका साझा उम्मेदवारलाई थारु समुदायका नागरिकहरुले यस पटक वाम गठवन्धनका साझा उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै अग्रीम विजयको टिका लगाएर स्वागत गरेका छन् । देउखुरी थारु समुदायको वाहुल्य भएको क्षेत्र हो । साझा वम गठवन्धनवाट निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क्षेत्र नं. १(१)मा क्रमस मेटमणी चौधरी र ईन्द्रजीत थारु उम्मेदवार वन्नु भएको छ । प्रदेश सभा क्षेत्र नं. १(२)मा पाका नेताको रुपमा परिचय वनाउनु भएका रेवतीरमण शर्मा उम्मेदवार हुनुहुन्छ ।

Majgau 1चुनावी अभियान लिएर थारु वस्तीमा पुगेका उम्मेदवारहरुले संविधानमा भएका अधिकारहरुलाई कार्यान्वयन गर्दै किसानहरुको पक्षमा काम गर्ने वाचा गरेका छन् । प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरीले देउखुरीलाई कृषि हवको रुपमा विकास गर्दै किसानहरुलाई प्रविधि संग जोड्ने कार्यक्रम ल्याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।‘देउखुरी उर्वर भुमि हो, यहाँ ब्यवसायीक खेतीको सम्भावना छ’उहाँले भन्नुभयो–‘परम्परागत खेतीलाई विस्थापीत गरेर बैज्ञानीकरुपमा कृषि क्षेत्रको विकास गर्न जरुरी छ, त्यो काम हामी गर्नेछौं ।’

समानुपातीक उम्मेदवारमा पनि संगै चुनावी अभियानका क्रममा आयोजना गरिएका जनभेलामा सहभागी भएका छन् । शनिवार लमही नगरपालीका वडा नं. ३ को मजगाउँ र वडा नं. ४ को पत्थरपुरुवामा चुनावी जनभेला सम्पन्न भएका छन् । संयुक्त निर्वाचन परिचालन कमिटिको आयोजनामा वडा तहमा चुनावी जनभेला सम्पन्न भएको हो ।

वडा नं. ३ का संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक रामचरण चौधरीको अध्यक्षता एवम् नेकपा एमालेका पोलीटब्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार मेटमणी चौधरी, प्रदेश सभा क्षेत्र नं. १(२)का उम्मेदवार रेवतीरमण शर्मा, समानुपातीक उम्मेदवार दामा शर्मा, विष्णु पौडेल, विरेन्द्र चौधरी, वडाध्यक्ष वावुराम चौधरी लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन लोकमनी  बञ्जाडेले गर्नु भएको थियो ।

यस्तै वडा नं. ४ को पत्थरपुरुवामा संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक देवनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भरत दुलालले गर्नु भएको थियो ।