जीवन नेपाली
नजीकै आएको प्रतिनिधी र प्रदेश सभा निर्वानलाई मध्यनजर गर्दै संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरुले पहाडी क्षेत्रमा पनि चुनावी सभा सुरु गरेका छन् । यसै क्रममा शनिवार दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटीमा विशाल सभा सम्पन्न गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाल सरकार का उपप्रधानमन्त्रि एवं प्रतिनिधी सभा क्षेत्र नम्वर २ का उम्मेद्वार कृष्ण बहादुर महराले महराले भन्नु भयो,‘तत्कालीन युद्ध कालमा म यो ठाउँमा बसको छु ,यहाँका घरहरुमा खानापनि खाएको छु । अनि यो बाटो मा सल्यान देखी ट्याक्टर चढेर यो ठाउँ सम्म पनि हीडेको छु तर यस क्षेत्रको विकासले अहिले पनि मलाई र पोख्रेल जी लाई कुरेर बसेको रहेछ । हामी यहाँको ठाउँलाई हामीले नै विकास र सम्बृद्धी दिने छौ ।‘
साथै उहाँले अहिले कार्यकर्ता र जनतामा बिभिन्न खालका संका उपसंकाहरुले छाएको भन्दै देशमा एउटा बलियो कम्युष्टि पार्टीको स्थापनाका लागि दुई पार्टीले चुनावी तालमेलमा आएको जानकारी गराउनु भयो । उहाँले भन्नु भयो,‘यसमा कुनै संका नगर्न आनुरोध गर्दछु ।’ महराले दाङलाई प्रादेशीक राजधानी र विकासको एउटा केन्द्र को रुपमा स्थानपना गर्ने आफुहरुको योजना रहेको भन्दै सबैलाई साथदीन अपिल समेत गर्नु भयो ।
यसैगरी सोही सभालाई सम्बोधन गर्दै क्षेत्रनम्वर २ एक ‘क’ का उम्मेदवार संकर पोख्रेलले ग्रामीण भेगका जनताको जीवन स्थर परिवर्तन र समाज परिवर्तन गर्नका लागि वाम गठबन्धनले काम गर्ने बताउनु भयो ।
उहाँले चुनाव जित्नका लागि मात्र माओबादी र एमाले ले गठबन्धन नगरेको भन्दै भविष्यमा एउटा वलियो कम्युनिष्ट पार्टी निर्माण गरेर जनताको जीवन,समाज र सिङ्गो राष्ट्रको आमुल परिवर्तन गर्ने दावी गर्नु भयो ।
सभालाई सम्बोधन गर्दै जनताको रगत र पसिना बाट आएको परिवर्तनलाई संस्थागत गर्नका लागि आफुहरु एकजुट भएर आएको उहाँको भनाई छ । जनताले अहीले पनि पुर्ण अधिकार पाउन नसेको भन्दै उहाँले,‘अव जनताको अधिकारको ग्यारेन्टी राजनीतिकदलहरुले ल्याउनु पर्ने बेलाआएको छ । यो ग्यारेन्टीका लागि अहिले आफुहरु एकजुट भएका छौं ।‘ यसैबिच सोही सभामा नेपाली कांग्रस परित्यागरी एक दर्जन बढी माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।
जसमा रेशम बहादुर महरा,दोर्ण बहादुर महरा,डण्डीराम के.सी.,बल बहादुर महरा, रोम लाल नेपाली,गीर बहादुर बिष्ट,गोविन्द नेपाली,रण बहादुर बुढा,दामी वली,तील बहादुर वली,पदम वली,यमलाल रावत,नेमराज वली लगाएतका रहनु भएको छ ।
सभामा विभिन्न स्थानबाट सर्यौका संख्यामा स्थानीयवासीहरु को सहभागीता रहेको थियो । भने स्थानीय लोक झाँकीहरु प्रर्दशन गरीएको थियो । भने अखिल नेपाल जनसांस्कृृतीक महासंघका कलाकार टीमले सांस्कृतीक प्रर्दशनी राखेका थिए ।
निर्वाचन परिचालन समितीका सयोजक लक्ष्मण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन निर्वाचन परिचालन समिती क्षेत्र नम्वर दुई एका सहसयोजक शुवास पुनले गर्नु भएको थियो ।
