दाङ, २५ कार्तिक । उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका कार्यालय सदस्य तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महराले विज्ञप्ति जारी गरी बम श्रृंखलाबृद्ध बम बिष्फोटनका घटनाको निन्दा गर्नुभएको छ । ‘केही दिनयता रोल्पा रुकुममा उम्मेदवारहरुमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमणका घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
रुकुममा हाम्रो पार्टीका नेता तथा सो जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ र रोल्पामा हाम्रो पार्टीका नेता एवं सो जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार बर्षमान पुन ‘अनन्त’ चढेको गाडीलाई लक्षित गरी बम बिष्फोट तथा रोल्पामै हाम्रो पार्टीका नेता एवं प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ चढेको गाडीमाथि ढुंगामुढाको प्रयास भएको घटनाप्रति म निन्दा एवं भत्र्सना गर्न चाहन्छु’– महराले शनिवार जारी गरेको प्रेस नोटमा भनिएको छ ।
निर्वाचन सफल बनाउन थप गम्भीरहुँदै सबै उम्मेदवार र मतदाताको पूर्ण शान्ति सुरक्षाको प्रबन्ध मिलाउन गृहप्रशासनको ध्यानाकर्षण गराउँदै उहाँले यी घटनाप्रति आतंकित नहुन तथा संयमता र धैर्यतासाथ संविधान कार्यान्वायनको अभियानमा सक्रिय सहभागिता जनाउन आम जनसमुदायमा अपिल गर्नुभएको छ ।
