काठमाडौं, १७ कार्तिक। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठवन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।

prachandaत्यसो त प्रचण्डको मुख्य प्रतिस्पर्धिमा वनमन्त्री समेत रहेका राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे चुनावी प्रतिस्पर्धामा छन्। पाण्डेलाई कांग्रेससहितको सर्मथनमा लोकतान्त्रिक गठबन्धनले प्रचण्ड विरुद्ध चुनावी मैदानमा उतारेको हो ।

स्थानीय तहको चुनावको आँकडालाई हेर्दा प्रचण्ड सुरक्षित देखिन्छन् । किन भने एमाले र माओवादी मिलाएर त्यहाँ ४२ हजार ४ सय ६४ मत छ । तर काग्रेस सहितको लोकतन्त्रिक सक्तिको २७ हजार ६६ मत मात्रै छ । यसरी हेर्दा प्रचण्डमाथि कतै अन्तर्घात नभए प्रचण्ड सुरक्षित देखिएका छन् ।

यस्तो छ मतको लेखाजोखा
स्थानीय निर्वाचनलाई आधार मान्दा भरतपुर महानगरका १९ वडामा माओवादी केन्द्रको १३ हजार ६ सय ३६ मत छ । त्यस्तै माडी नगरपालिकामा ३ हजार ८ सय ७२ मत रहेको छ । कुलमा १७ हजार ५ सय ८ मत माओवादीको एक्लो मत देखिन्छ ।

महानगरको १९ वडामा एमालेको २१ हजार १ सय ३० मत र माडी नगरपालिकामा ३ हजार ८ सय २६ मत जोड्दा २४ हजार ९ सय ५६ हुन्छ । एमाले–माओवादीको मतलाई जोड्दा वामगठवन्धनको ४२ हजार ४ सय ६४ मत हुन आउँछ ।

त्यस्तै भरतपुर महानगरका १९ वटा वडामा कांग्रेसको २३ हजार २ सय ३७ मत छ । माडी नगरपालिकामा कांग्रेसले ३ हजार ८ सय २९ ल्याएको मत छ । यो जोड्दा कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । सो क्षेत्रमा राप्रपाको ८ हजार ३ सय ४३ मत छ । कांग्रस–राप्रपाको मत जोड्दा ३५ हजार ४ सय ९ मत हुँन आउछ ।