इन्द्रेणी डेस्क
दाङ, १७ कार्तिक । माओवादीमा निकै भाग्यशाली नेताको रुपमा चिनिन्छन् नेता कृष्णबहादुर महरा । १०१५ असार १५ मा रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका महरा २०३५÷३६ सालको विद्यार्थी आन्दोलनबाट नेपाली राजनीतिमा सक्रिय भएको देखिए ।

Krishna-maharaबुवा रविचन्द्र महरा र समुन्द्रादेवी महराको कोखबाट जन्मिएका महराको पारवारिक स्थिति हेर्दा उनी बिबाहित हुन् र उनकी एउटी श्रीमती र दुई छोरा रहेका छन् । मात्रृ भाषा नेपाली रहेपनि उनी अग्रेजी र हिन्दी बुझने र बोल्न सक्छन् । प्रवेशिका परिक्षा लिवाङ् रोल्पाबाट, प्रमाणपत्र तह, बिज्ञान, त्रिविवि नेपाल, नेपालगंज स्नातक तह, शिक्षा शास्त्र, त्रिविवि नेपाल पोखराबाट हाँसिल गरेका महरा पेशाले राजनीतिज्ञ हुन् । माओवादी केन्द्रका महासचिव रहेका नेता महरा पहिलो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट प्रत्यक्ष निर्वाचित भए ।

२०३६ सालदेखि ०३९ सम्म नेपाल राष्टिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीयप्रतिनिधि २०३७ मा तत्कालिन नेकपा चौमको पार्टी सदस्यता प्राप्त गरी र पार्टीको रोल्पा जिल्ला सदस्य २०३९ देखि ४१ सालसम्म अनेरास्ववियू आठौं राष्टिय सम्मेलनवाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्ववियु कोषाध्यक्ष, २०४१ देखि ४५ सम्म – नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको मन्त्री ३६ देखि ४८ सम्म — विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण कार्य, २०४८ सालदेखि – रोल्पा जिल्ला पार्टी सेक्रेटरी डिसिएस, नेकपा मशाल० २०४८ को निर्वाचनमा– रोल्पा २ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

Untitled-1 copyत्यस्तै २०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता, २०५० –क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ,नेकपा (एकता केन्द्र ), २०५१ – पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, नेकपा (माओवादी), २०५३ – असार – केन्दीय सदस्य,नेकपा (माओवादी), २०५५ –पोलिटब्यूरो सदस्य, नेकपा माओवादी, २०५८ – तत्कालिन सरकारसँगको पहिलो वार्ता टोली संयोजक, २०६० – तत्कालिन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ताको भूमिका निर्वाह गरे ।

safafafत्यस्तै २०६१ – पार्टी प्रवक्ता नेकपा (माओबादी), २०६२ – स्थायी समिति सदस्य नेकपा (माओवादी), २०६२ – असोज सेक्रेटारियट सदस्य, केन्दीय समिति नेकपा (माओवादी), २०६३ – तत्कालिन सरकारसँग वार्ताकोलागि गठित तेश्रो वार्ता टोलीको संयोजक, २०६३ – पौषमा अन्तरिम संविधान जारी पछि निर्मित अन्तरिम  वस्थापिका – संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता, २०६३ –चैतमा – अन्तरिम सरकारको सूचना तथा संचार मन्त्री र सरकारको प्रवक्ता, २०६४ –चैत – संविधानसभा सदस्य निर्वाचित, दाङ क्षेत्र नं ३, २०६५–भाद्र – अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता, २०६५– पार्टी एकतापछि एनेकपा (माओवादी) को स्थायी समिति सदस्य, २०६६– अन्तर्राष्ट्रिय ब्युरोको ईन्चार्ज, एनेकपा माओवादी, २०६७ एनेकपा (माओवादी) तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा सूचना तथा सञ्चार एव। गृहमन्त्रीको जिम्मेवारी समाले ।

mahar-china-visitत्यसैगरी २०७० सालको दोस्रो चरणको संविधानसभा निर्वाचनबाट रोल्पाबाट प्रत्यक्षतर्फबाट विजयी महरा २०७३ मा नेपाली काग्रेस र माओवादी केन्द्रको सत्ता साझेदारीम बनेको सरकारको नेतृत्व प्रचण्डले गरिरहेका बेला  उपप्रधान तथा अर्थमन्त्री भए भने २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पनि उनले उपप्रधान तथा परराष्ट्र मन्त्रालय समाले ।

3333नेकपा माओवादी शान्ति प्रक्रियामा आएर जतिपटक सरकारमा जान्छ त्यतिपटक नै महरा कुनैन कुनै मन्त्री पद समाल्ने सौभाग्य पाए । यसले पनि उनलाई माओवादी भित्रका मिलनसार र बुद्धिमानी नेताका रुपमा चिनिन्छ । अहिले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनको तर्फबाट आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदावरी पाएका छन् । उनलाई वाम गठमन्धनले क्षेत्र नं. २ बाट साझा उम्मेदवार उठाएको छ ।

Optimized-IMG_1247अहिलेसम्मको उनको सफलता हेर्दा र दाङमा वाम तालमेलको अवस्थालाई हेर्ने हो भने नेता महरा आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सम्भावना देखिन्छ । उनी मन्त्री भएका वेला यहाँका जनताप्रति गरेको योगदान र स्थानीय तहको निर्वाचनमा दाङको वाम मतलाई आँकलन गर्ने हो भने नेता महरा दाङ क्षेत्र नं. २ मा सुरक्षित देखिन्छन् ।

mahara

Optimized-IMG_3054