mahara-pokhrel

इन्द्रेणी संवाददाता
दाङ, १७ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा बहालवाला उपप्रधानमन्त्रीले वाम तालमेलका कारण देश भित्र र बाहिर ठुलो भुकम्प गएको बताएका छन् । वाम एकताको तालमेल अश्वीकार गर्ने तत्वका लागि ठुलो भुकम्प गएपनि वाम एकताका पक्षपाती आम नागरिकमा भने ठुलो उत्साह पैदा भएको महराले बताए ।

वाम तालमेल तथा एकताको संदेश स्थानिय जनसमुदायमा पुर्याउने उदेश्यले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने हाम्रो एकता आज अचानक तथा रातारात भएको होइन , हामी २०४८ साल यता नै एकता गर्ने प्रयास थियो तर केहि प्राबिधिक कारणले हुन सकेन अब अहिले आएर त्यो संभव भएको छ अब २ ठुला पार्टी बाट अब एउटै ठुलो पार्टी बन्नेछ ।

राजनीतिक वैमनस्यता त्यागेर अब एउटै पाटी बन्ने संकल्प गर्नुपर्छ – पोख्रेल
यसैगरी पत्रकार सम्मेलनमा नेकपा एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले वाम तालमेलका कारण नेता तथा जनतामा एउटा उत्साह  भएको बताएका छन् । कहिँ कतै केहि कुरा नबुझेर कार्यकर्तामा केहि वैमनस्यता देखिएपनि त्यो अब चुनाव प्रचारका क्रममा समाप्त हुने बताएका छन् । यस भन्दा अगाडि फरक फरक पार्टी भएका कारण राजनीतिक अन्तर्द्वन्द्व को प्रभाव नभएको होइन त्यसैले अहिलेपनि हामीहरुले तेरो मेरो भन्न छाडेका छैनौ तर त्यो मानारिकता त्यागेर अब साझा संकल्पका साथ् अगाडी बढ्न आवश्यक छ । अनि मात्र एउतै बिशाल कमन्युष्ट पार्टी बन्न सम्भव छ ।