दाङ २५ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको छ । मंगलबार बसेको व्यवस्थापिका संसद बैठकले प्रतिष्ठानको विधेयक पारित गरेको हो।

rapti swasthya pratisthan 960

स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त विधयेक संसदबाट पारितभएपछि यसले ऐनको रुप लिने छ । संसदबाट पारित भएको विधेयकलाई प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पठाइन्छ। राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा प्रकाशित भएपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ।

प्रतिष्ठानको विधेयक गत असोज २ गते मन्त्रीपरिषद्बाट पारित भएर संसदमा गएको थियो।

विधयेकमा प्रतिष्ठानमा अध्ययन गर्ने कुल विद्यार्थी संख्याको कम्तीमा ५० प्रतिशत स्थानमा आर्थिक रुपले विपन्न विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था राखिएका छ।

यो प्रतिष्ठान सरकारले प्रदेश नम्बर पाँचका लागि स्थापना गर्न लागेको हो । सरकार र डा गोविन्द केसीबीच हरेक प्रदेशमा सरकारले एक मेडिकल कलेज स्थापना गर्ने सहमती भएको थियो । सो सहमति अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुन लागेको हो । राप्ती उपक्षेत्रीय अस्पताललाई सरकारले प्रतिष्ठान बनाउनेछ। स्वास्थ्य खबरबाट