माधव बेल्वासे
चन्द्रौटा २५ असोज । बाहिरबाट हेर्दा भव्य अस्पताल भवन लाग्छ भित्र सबै श्रोत र साधनले परिपूर्ण छ तर स्वास्थ्य चौकीबाट निःशुल्क उपलब्ध गराउनुपर्ने कुनै पनि औषधि यहा वाटा पाइदैन ।यो दृष्य हो कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकि को । जिल्लाको दक्षिणि भेग तथा भारतको सिमामा पर्ने कृष्णनगर नगरपालिकाका वडा न १२ मा रहेको भगवानपुर स्वास्थ्य चौकिमा अहिले सामान्य औषधी सिटामोल समेत छैन । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधीको अभाव हुदा बिरामीहरु मर्कामा परेका छन । स्वास्थ्य चौकीमा औषधी अभाव भएको महिनै वित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दाको भनाई छ ।

22385084_1875018722816250_791713651_n

ज्वरो आएको, टाउको दुखेकोे औषधीसमेत सेवाग्राहीहरुले नपाउदा विरामीहरु मर्कामा परेका छन ।करिव २ घण्टा हिडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको तर त्यहा टाउको दुखेको वेला खाने सिटामोल समेत पाउन नसकेको स्थानिय हरिराम कुर्मिले वताए । कुर्मिले भने ‘मेडिकलमा औषधी किन्न सक्ने क्षमता छैन र मेडिकल यस क्षेत्रमै छैन कि त कृष्णनगर जानु परयो कि त वहादुरगंज ,

स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मि तथा कर्मचारीहरु कुराकानि गरेरै दिन विताउने गर्दछन ।विरामीहरु उपचारको लागि आउने गर्दछन तर डा हरुले भए सामान्य औषधि दिन्छन नत्र औषधी छैन भनेर पठाउने गर्दछन ।पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने विरामीहरुको सख्या पनि घट्दो रहेको छ ।स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सिमा क्षेत्र रहेको हुदा भारतमै उपचार गर्न स्थानिय नागरिक जाने गरेका छन ।

त्यस्तै गर्भवति महिलाहरुलाई औषधि नहुदा समस्या परेको छ । आईरन चक्की अतिआवश्य औषधि भएपनि यस भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन ।सरकारले सम्पुर्ण अधिकार तथा वजेट स्थानिय तहमा पठाएको छ तर स्थानिय निकायले भने स्वास्थ्य सस्थामा औषधि पठाएका छैनन् । जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यलयमा औषधिको अभाव वारे जानकारी गराएपनि कार्यलयले स्थानिय निकायमा जान भनेको अनमि अनिता अधिकारीले वताइन । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका प्रमुख योगेन्द्र प्रसाद भगतले अव स्वास्थ्य कार्यलय ले कुनै कार्यक्रम नआई औषधि दिन नसक्ने वताए । सरकारले अव सवै जिम्मा स्थानिय तहलाई दिएको वताउदै स्वास्थ्य चौकीका प्रमुखहरुले नगरपालिका सग माग गर्न आग्रह गरे ।सरकारले ७० प्रकारको औषधी स्वास्थ्य चौकीमा दिने गरेको भएनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि ओषधि नभएको पाइएको छ ।