दाङ, २५ असोज । दाङको घोराही उपमहानगरपालिकामा खुल्ला मासु विक्री विरणमा रोक लगाइएको छ । घोराही उमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै मासु पसलहरुलाई तीन दिनभित्र सुधार गर्न निर्देशन दिदै खुल्ला मासु विक्री वितरणमा रोक लगाएको हो ।

meat-shop‘तीन दिनभित्र मासु पसलहरुलाई व्यवस्थीत गर्न व्यवसायीहरुलाई निर्देशन दिएका छौं’, उमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भने, ‘यति गर्दा पनि अटेर गरेमा त्यस्ता मासु पसलहरुलाई बन्द गरिनेछ ।’

विशेष गरी घोराही नगरपालिकाको नयाँ बजार क्षेत्रमा रहेका मासु पसलेहरुले पटक पटकको अनुगमनमा मासु पसलहरु सुधार तथा व्यवस्थीत गर्ने प्रतिवद्धता जनाएपनि उनीहरुले सुधार गरेको पाइदैन । उनीहरुले खुल्ला रुपमा मासु झुण्ड्यार विक्री गर्दै आएका छन् ।

अनुमगनका क्रममा खिया लागेका फलामका अङकुसहरुमा मासु झण्ड्याएर विक्री वितरण गर्दै आएको फेला परेपछि उमहानगरपालिकाले त्यसलाई सुधार गर्न पटक पटक निर्देशन पनि दिदै आएको छ ।

यही असोज २८ गतेसम्म हरेक मासु पसलमा फ्रिजको व्यवस्था गरिनुपर्ने, खुल्ला रुपमा झुण्ड्याएर मासु विक्री बन्द गरिनुपर्ने, पसलमा मासु राख्नका लागि सुरक्षित जालीवाला मासु दानी राखिनुपर्ने जस्ता निर्देशन दिइएको मेयर चौधरीले बताए ।