तुलसीपुर, २५ असोज । राप्ती ब्रोडकास्टिङ प्रालि अन्तर्गतको एसटिएन च्यानलले जिल्लाबाट पहिलो पटक प्रदेशस्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ ।

bal-1024x853बुधवार पत्रकार तुलसीपुरमा सम्मेलनको आयोजना गरी प्रालिले प्रदेश नंवर ५ का सवै जिल्लाहरुमा पुगेर नृत्य र गायन प्रतिभाहरुलाई छनौट गर्ने प्रालिका प्रवन्ध निर्देशक दुर्गा गिरीले बताए । स्वस्थ प्रतिस्प्रधाका लागि ५० प्रतिशत निर्णायकहरुको निर्णय र ५० प्रतिशत भोटिङका आधारमा प्रतियोगितामा अन्तिम छनौट गरिने प्रालिले जनाएको छ ।

पहिलो चरणणमा तुलसीपुरको समिक्षालयबाट आउंदो कात्तिक ११ गते प्रतिभा छनौटको कार्यक्रम सुभारम्भ हुने बताइएको छ । हरेक जिल्लाबाट नृत्य र गायन क्षेत्रका दुई÷दुई जना प्रतिभा छनौट हुने छन् ।