तुलसीपुर, २५ असोज । नजिकको यातायातका लासग सहज विकल्पका रुपमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका अटा ेव्यवसायीहरुले पछिल्लो समयमा सार्वजनिक यातायातमा असहजता ल्याउनथालेपछि त्यसलाई व्यवस्थीत गर्न सामुहिक पहल थालिएको छ । अटेरी गर्ने अटोव्यवसायीलाइ कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

auto2नागरिकले अटो व्यवसायीहरुले प्रदान गर्ने सेवामा आफु खुसी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोकेर सार्वजनिक यातायात सेवा असहज बनाउन थालेको सर्वत्र गुनासो गरेपछि सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरको आयोजनामा बुधवार स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, अटो व्यवसायी तथा सरोकारवाला नागरिक समुदायको सामुहिक पहलमा यो पहल थालिएको हो ।

बजारमा यात्रुहरुको माग भन्दा पनि अत्यधिक बढी अटोहरु आएपछि पछिल्लो समयमा अटो व्यवसायीहरुको सार्वजनिक यातायात सेवा लगामविहिन भएको छ । यसलाइ नियन्त्रण गर्ने निकायको नियमनकारी निकायको नियमित अनुगमनको अभावमा नगरपालिकाले तोकेको भाडा समेत कार्यन्वयनमा आउन सकेको छैन ।