साउन ३१ , काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आज राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमान स्थल आफै बिहान दखि खटनु भएको छ । रौतहट, पर्सा लगायत विभिन्न बाढी, पहिरो तथा डुबान प्रभावित जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण न भएको गुनासो आए पछी, उहाँ विमान स्थलमा बिहान साढे दस बजे दखि निरीक्षण कार्यमा लाग्नु भएको हो ।

गृहमन्त्री शर्मासँग गृह सचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सह सचिव राम कृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सह सचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधी, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधी लगायतको उपस्थिती छ ।
आईतबार र सोमबार उहाँ पश्चिम, मध्य तथा पुर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटेर तथा हवाई स्थलगत अवलोकन गरेर फर्किनु भएको हो ।











