तुलसीपुर, ३१  साउन  । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई स्वच्छ र हराभरा सहरका रुपमा विकास गर्ने सोचले हाम्रो तुलसीपुर राम्रो तुलसीपुर महाअभियान सञ्चालनमा आएको छ ।

IMG_4369

तुलसीपुरका १९ वटै वडामा सञ्चालन गर्न थालिएको अभियानका सुरुवात तुलसीपुरको वाहिनी चोकबाट मेयर घनश्याम पाण्डेले गरेका थिए । उनले तुलसीपुरलाई सफा र हराभरा राख्नका लागि हरेक नागरिकले जिम्मेवारीवोध गरियो भने मात्रै महाअभियानले सार्थकता पाउने वताए । ‘तुलसीपुरको समृद्धि तुलसीपुरकै जनताको हातमा रहेको छ’ पाण्डेले भने ।

महाअभियानका क्रममा तुलसीपुरको वाहिनी चोक वरपर सरसफाइसँगै सचेतना कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा नेपाल सेना, सशस्त्र प्रहरी, गोरखा स्कुल लगायतको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, गोरखा स्कुलका विष्णु भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन झरेन्द्र खरेलले गरेका थिए ।